सुदर्शन सापकोटा, काठमाडौं, साउन १ - शुक्रबारको दिन भएर पनि डिसिबिएल बैंककी सहायक व्यवस्थापक डिना चित्रकार अफिसबाट छिट्टै फुत्किन पाइनन्। वाणिज्य बैंकहरूले बैंकिङ कारोबार पनि बन्दै गरेका थिए। तैपनि उनी अरू दिनभन्दा व्यस्त हुनुपर्‍यो। शुक्रबार, असार मसान्त। नेपालको आर्थिक पात्रोअनुसार वर्षको यो अन्तिम दिन सबैं बैंक, वित्तीय संस्था र सार्वजनिक तथा निजी कम्पनीहरूले आफ्नो हरहिसाब मिलान गर्ने दिन हो। आज शनिबारदेखि आर्थिक पात्रो नयाँ वर्षमा प्रवेश गर्छ। व्यवसायीहरू त्यही भएर अघिल्लो दिनै बितेको वर्षका सबै लिनेदिने हिसाब फरफारक गरेर नयाँ खाता तयार पार्छन्। डिनाको व्यस्तताको कारण यही हो। 'असार मसान्तको दिन सधैं यस्तै हो,' १० वर्षदेखि यही कम्पनीमा काम गरिरहेकी उनी भन्छिन्, 'अरू बेला भइदिएको भए शुक्रबार तीन बजे बैंक बन्द भइसक्थ्यो। असार मसान्त परेकाले वर्षभरिको हिसाब मिलान नगरी छुट्टी पाइन्न। कम्तिमा ८ बज्छ।' सबैं बैंकका शाखामा शुक्रबार यसैगरी बित्यो। नेपाल बंगलादेश बैंकले सन्ध्याकालीन काउन्टर बन्द गरेको सूचना प्रकाशित गरेको थियो। अधिकांशले यस्तो सूचना नदिए पनि सामान्य बैंकिङ कारोबारबाहेक ग्राहकसँग प्रत्यक्ष कारोबार गरेनन्। कर्जा प्रवाहको काम त एक महिनादेखि नै बन्द भइसक्यो। मसान्तको दिन सहजै हिसाब मिलान भए उनीहरूले समयमै छुट्टी पाउँछन्। नभए एक पैसाको हिसाब नमिल्दा पनि रातभर जाग्राम बसेर मिलाएकै हुनुपर्छ। खासगरी यसले बैंकको कर्जा विभाग, लेखा, सञ्चालन, सूचना प्रविधि र प्रतीतपत्र विभागमा बढी चाप पर्छ। शुक्रबार पुतलीसडकको काठमाडौं प्लाजास्थित डिसिबिएलको प्रधान कार्यालय पुग्दा त्यहाँका कर्मचारी यो वर्षभित्र उठाइसक्नुपर्ने कर्जा र त्यसको ब्याजका लागि ताकेता गर्दै ग्राहकलाई फोन गर्न व्यस्त थिए। कोही घडी हेर्दै कर्जा तिर्न आउने ग्राहकको बाटो कुरेर बसेका थिए। 'आउँछु भनेका ऋणी नआउन्जेल पर्खनैपर्छ,' बैंकका सुपरिवेक्षक चारु प्रधान भन्छिन्, 'उनीहरूले तिरेर गएपछि पनि हामी हिसाब मिलान नगरी घर फर्कन पाउँनौं।' डिसिबिएलका प्रमुख कार्यकारी सुधिर खत्रीका अनुसार तोकिएको कर्जा र ब्याज नउठे त्यो रकम अर्को वर्ष बक्यौताका रूपमा सर्छ। त्यो रकम बराबर सम्भावित नोक्सानीको व्यवस्था गर्नुपर्ने हुन्छ। 'यसले बैंकको नाफामा सोझै असर पार्ने हुँदा हामी भरसक मसान्तभित्रै तोकिएको हद पूरा गर्न कुनै कसर छोड्दैनौं,' खत्रीले भने, 'आज बैंकको कर्जा उठे वासलात राम्रो देखिन्छ।' आफ्नो अफिस कोठामा झन्डै आधा घन्टा नागरिकसँग कुराकानी गर्दा उनलाई दर्जनौं फाइल सही गर्न चापाचाप थियो। उनका अनुसार बैंकका लागि असार मसान्त एकदमै गाह्रो र व्यस्त दिन हो। कतिपय संस्थामा त नयाँ वर्षको उत्सव मनाएजस्तै आर्थिक वर्ष सुरु भएको खुसीमा भोज खाने चलन पनि छ। सिंहदरबार प्लाजास्थित नेपालको एकमात्र पुँजी बजार स्टक एक्स्चेन्जमा त्यस्तै भयो। एक्सचेन्जले शुक्रबार ३ बजेतिर हिसाबमिलान सकेपछि कर्मचारीलाई क्याटरिङसहितको भोज खुवाएको थियो। आर्थिक वर्षको मैझारो निजी क्षेत्रका उद्योगधन्दामा पनि देखियो। गोल्छा समूहका अध्यक्ष दिवाकर गोल्छाले वर्षको अन्तिम दिन भएकाले हिसाब मिलानमा व्यस्त रहनुपरेको बताए। 'यो वर्ष कुनै काम रोकिए अर्को वर्षको नयाँ खातामा हिसाब पेन्डिङ देखिने हुँदा जसरी भए पनि आजै भ्याउँछौं,' उनले भने। उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेपाल इकरात इन्जिनियरिङमा पनि शुक्रबार असार मसान्तको चटारो थियो। 'वर्षभरिको ग्राहक इन्क्वाइरी, भुक्तानी, माग र वितरणसम्बन्धी हिसाब मिलान गर्नुपर्छ,' विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी इकरातकी बजार प्रमुख शर्मिला सुब्बाले भनिन्। चलन थरिथरिका विधिवत् खाताबन्दी असार मसान्तमा हुने भए पनि कतिपय व्यापारिक समुदायले लक्ष्मीपूजालाई पनि हिसाबकिताब फरफारक गर्ने दिनका रूपमा लिन्छन्। खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानका अनुसार मारवाडी समुदायले लक्ष्मीपूजालाई हिसाब मिलान गर्ने दिनका रूपमा लिँदै आएका थिए। मारवाडी समुदायमा रोकड प्रणालीअनुसार हिसाब राख्ने चलन छ। जसमा सबै किसिमका हिसाब एउटै रजिष्टर्डमा राखिन्छ। तर, पछिल्लो समय यो परम्परा हराउँदै गएको खेतान बताउँछन्। 'रोकड प्रणाली भएको बेला लक्ष्मीपूजाको दिन पुर्ख्यौली घरमा भेला भएर पुरानो खाता बन्द गरी नयाँ सुरु गर्ने चलन थियो,' उनले भने, 'अहिले यो प्रणाली छैन। तैपनि, हामी लक्ष्मीपूजामा पुर्ख्यौली घरमा भेला हुन्छौं। पुरानो रजिष्टर्ड, पैसा राख्ने सन्दुक, कपडा काट्ने कैंची, कपडा नाप्ने फित्ताको पूजा गर्छौं।' पहिले प्रोप्राइटरसिपमा चलेका निजी उद्योग व्यवसाय आर्थिक उदारीकरणसँगै पब्लिक लिमिटेड र प्राइभेट लिमिटेड कम्पनीका रूपमा परिणत भएकाले रोकड प्रणाली हराएको हो। त्यससँगै खाताबन्दीको तिथि लक्ष्मीपूजाबाट असार मसान्तमै सरिसकेको छ। भारतका मारवाडी समुदायले भने अझै लक्ष्मीपूजाकै दिन नयाँ खाता सुरु गर्छन्। 'उदारीकरणको लहरलाई त मान्नैपर्‍यो,' खेतानले भने, 'अब हामी पनि असार मसान्तमै पुरानो खाता 'क्लोज' गरेर नयाँ सुरु गर्छौ। असार १५ गतेतिर नयाँ आर्थिक वर्षका लागि आन्तरिक बजेट ल्याउने चलन पनि छ।' थकालीहरू भने आज पनि श्रीपञ्चमीको दिनलाई नयाँ आर्थिक वर्षको सुरुवातका रूपमा लिन्छन्। गाउँघरतिर अझै यही दिनबाट नयाँ आर्थिक कारोबार सुरु गर्ने चलन छ। धेरैजसोले ऋण दिँदा श्रीपञ्चमीकै भाखा राखेका हुन्छन्। कायस्थ समुदायमा भने कागतिहारको दिनलाई आर्थिक वर्षको सुरुवात मानिन्छ। उदारीकरणको असर आर्थिक उदारीकरणसँगै नेपाली कम्पनीहरू विभिन्न बहुराष्ट्रिय कम्पनीसँग आबद्ध हुँदै गएका छन्। र, त्यससँगै नेपालको असार मसान्तको महत्व पहिलेभन्दा कम हुँदै गएको छ। वाणिज्य बैंकहरूकै कुरा गर्दा विधिवत् खाताबन्दी असार मसान्तमा भए पनि कतिपय हिसाबकिताब अंग्रेजी पात्रोअनुसार डिसेम्बर अन्तमै हुन्छ। अधिकांश वाणिज्य बैंकको कुनै न कुनै बहुराष्ट्रिय बैंकसँग सम्बन्ध रहेकाले उनीहरूसँग तालमेल मिलाउन यसो गर्नुपरेको हो। संयुक्त राष्ट्र संघले नयाँ आर्थिक वर्ष सुरु हुने दिन जनवरी १ लाई मान्छ। भारतीय कम्पनीसँग आबद्ध कतिपय क्षेत्रमा भने मार्च अन्तिममा खाता बन्द गर्नुपर्ने अवस्था छ। यसको उदाहरण बिमा कम्पनी हो। यहाँका अधिकांश बिमा कम्पनीले भारतको जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) मा पुनर्बिमा गराउने हुँदा उताको आर्थिक वर्षसँग सामञ्जस्य राख्न मार्च अन्तिममै हिसाब फरफारक गर्नुपर्ने खेतानले बताए। आर्थिक वर्षको थालनी नेपालमा नीति तथा कार्यक्रमसहित आर्थिक वर्षको बजेट ल्याउने चलन २००७ सालबाट सुरु भएको हो। यस आधारमा नेपालको पहिलो आर्थिक वर्ष २००७/८ हुन आउँछ। तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले सुरु गरेको यही आर्थिक वर्षलाई आजसम्म आधिकारिक मनिँदै आएको छ। त्यो बजेट पनि साउन १ देखि नै लागू हुनेगरी आएको थियो। साउन १ देखि असार मसान्तसम्मलाई आर्थिक वर्षका रूपमा गणना गर्ने परम्परा कसरी चल्यो भन्ने यकिन जानकारी कसैसँग छैन। अर्थशास्त्री विश्वम्भर प्याकुरेलले कृषिमा आधारित अर्थतन्त्र भएकाले नेपालमा साउनबाट आर्थिक वर्ष सुरु भएको हुनसक्ने बताए। उनका अनुसार बर्खा लागेपछि खेतीपातीको काम सुरु हुन्छ। यसको चक्र असारसम्म चल्ने भएकाले साउन १ बाट आर्थिक वर्ष मान्न थालिएको हो। यसमा कुनै वैज्ञानिक आधार भने नभएको उनले जानकारी दिए। अर्का अर्थशास्त्री भोला चालिसे धार्मिक आधारमा आर्थिक वर्षको तिथि तोकिएको हुनसक्ने बताउँछन्। उनका अनुसार साउन १ देखि सूर्य उत्तर दिशाबाट दक्षिणतिर लाग्छ। त्यो दिनदेखि हिन्दु धर्ममा दक्षिरायाण सुरु भएको मानिन्छ। संयोगै भए पनि साउन १ देखि आर्थिक वर्ष सुरु हुने चलनले नेपाललाई सीमावर्ति भारतका आर्थिक नीतिको असर मूल्यांकन गरेर त्यसैअनुसार कार्यक्रम ल्याउन भने सजिलो बनाएको छ। खुला सीमा भएकाले बजार मूल्य वृद्धिदेखि अर्थतन्त्रका धेरै आधार भारतीय नीतिसँग गाँसिएका छन्। भारतको आर्थिक वर्ष नेपालको भन्दा साढे तीन महिनाअघि अप्रिल १ बाट सुरु हुन्छ।
 
वीरगंजका किसान सडकमा
२४ साउन, वीरगंज । पानी नपरे पछी खडेरीका कारण खेतमा लगाइएको धान सुक्न लाग्दा पनि बाग्मती आयोजनाले सिचाईका लागि नहरमा पानी नछोडे पछी गाउका किसानहरु विरोधमा उत्रेकाछन। स्थानीय किसानहरुले गौर-चन्द्रनिगाहपुर जोडने बिरेन्द्र राजमार्गको सरुअठा चोकमा बिहान ९...
पुरा हेर्नुहोस्
 
ट्रकको ठक्करले घटनास्थलमै बालक को मृत्यु
२४ साउन, धादिङ धादिङको पृथ्वी राजमार्गमा पर्ने पीडा गाविस घाटबेंसीमा मालबाहक ट्रकले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ । चितवनको नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख २९०४ ट्रकले ठक्कर दिँदा ५ वर्षका बालक आतिथ्य शर्माको घटनास्थलमै मृत्यु भएको...
पुरा हेर्नुहोस्
 
ऐतिहासिक साँघु बजार विस्थापनको चपेटामा
बढ्दो शहरीकरण सँगै नुवाकोटको धार्मिक तथा ऐतिहासिक साँघुबजार विस्थापनको चपेटामा परेको छ । ठाउँठाउँमा सडक मार्ग निर्माणको विकाससँगै नुवाकोटको ऐतिहासिक साँघुबजार ओझेलमा परेको हो । विदुर नगरपालिका वडा नं. १० र ११ मा फैलिएको साँघुबजारमा हाल तीनसय ५० घर...
पुरा हेर्नुहोस्
 
उपचार केन्द्रलाई निःशुल्क रेप्रिmजेरेटर

पुरा हेर्नुहोस्
 
एसएलसीको नतिजा उत्साहजनक
विदुर, एसएलसी परीक्षाको नतिजा नुवाकोटमा यसवर्षउत्साहजनक रहेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको २०६६ सालको एसएलसीको परीक्षाफल अनुसार नुवाकोटमा गतवर्षो भन्दा उत्कृष्ट नतिजा रहेको छ ।
पुरा हेर्नुहोस्
 
लोपोन्मुख भाकाको संरक्षणका लागि लोकतारा
विदुर, लोप हुँदै गएको लोक भाकाको जगर्ेनाको लागि नुवाकोटको विदुरमा शनिवारदेखि राष्ट्रिय लोकतारा खोजी अभियान सुरु गरिएको छ । अभियानमा नुवाकोटका विभिन्न ११ जना गायकगायिकाको सहभागिता रहेको छ ।
पुरा हेर्नुहोस्
 
नुवाकोट क्याम्पसमा स्नातकोत्तर तहमा नेपाली र जनसंख्या
बट्टार, जिल्लामै स्नातक तह उत्तर्ीण्ा गरेपछि जनसंख्या र नेपाली विषयमा थप अध्ययन गर्न राजधानी जानर्ुपर्ने बाध्यता अबदेखि अन्त्य भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायतर्फस्नातकोत्तर तहमा यसै...
पुरा हेर्नुहोस्
 
महिलाको सक्रियतामा वृक्षा रोपण
माझिटार, नुवाकोटको माझिटारस्थित नांगो पाखोमा मंगलबारर महिलाहरुको सकृयतामा सामुहिक वृक्षरोपण गरिएको छ । स्थानीय गणेशस्थान वन उपभोक्ता महिला समूहको सकृयतामा विदुर नगरपालिका वडा नं. ५ माझिटारमा सामुहिक वृक्षरोपण गरिएको हो ।
पुरा हेर्नुहोस्
 
उत्कृष्ट चुल्हो पर््रवर्द्धकहरु पुरस्कृत
विदुर, पछिल्लो समय ग्रामीण भेगमा लोकप्रिय हुँदै गएको सुधारिएको चुल्हो निर्माण गर्ने नुवाकोटका उत्कृष्ट चूल्हो पर््रवर्द्धकहरु पुरस्कृत भएका छन् । ग्रामीण ऊर्जा पर््रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र र सर्ूयाेदय सामाजिक क्लबको आयोजनामा मंगलबार विदुरमा आयोजित सुधारिएको चुल्हो सम्वन्धी सहभागितात्मक अनुगमन तथा...
पुरा हेर्नुहोस्
 
चिम्नीहुँडको प्रयोगले व्यवहारमा परिवर्तन
संगीता तामाङ, तारानाथ पौडेल रसुवाबाट रसुवा जिल्ला, सरमथली गाविस ७ वस्ने देसी बहादुर ग्लानले घिचेत घुम्तीकोष समूहवाट धुँवा रहित चिम्नीहूँड बनाउन पाएर आज भोलि निकै दंग छन । उनीमात्र होईन नयाँ चुल्हो पाएर उनका घरका सवै परिवार र दंग भएका छन...
पुरा हेर्नुहोस्
 
भूमिअधिकारबाट बञ्चितको सम्मेलन
सुसमा न्यौपाने र संगीता लामिछाने रसुवा भूमिअधिकारका सुनिश्चितताको माग गर्दै नयाँ संबिधानमा भूमिका मुद्दालाई सामाजिक न्यायको दृष्टिबाट समाधान गर्न माग गर्दै राष्ट्रिय भूमिअधिकार मञ्च रसुवाको दोस्रो जिल्ला सम्मेलन जिल्ला सदरमुकाम धुन्चेमा एक सभा बीच सम्पन्न भयो ।
पुरा हेर्नुहोस्
 
बन्दीकैदीहरुलाई निःशुल्क पत्रिका
विदुर, नुवाकोट जिल्ला कारागारमा रहेका बन्दीकैदीहरुको सुविधाको लागि नुवाकोटको पत्रिका प्रकाशनको एक संस्थाले निःशुल्क पत्रिका उपलब्ध गराएको छ । बन्दीकैदीहरुको गुनासोपछि विदुरको महालक्ष्मी शारदा अफसेट प्रेस प्रालिले दैनिक र साप्ताहिक पत्रिका सोमबारदेखि निःशुल्क उपलब्ध गराएको हो ।
पुरा हेर्नुहोस्
 
कटुन्जेका किसानहरु कृषि वनतर्फआकषिर्त
धैबुङ, रसुवाको दक्षिणी धैबुङ गाविस वडा नं. ४ कटुन्जेको किसानहर कृषिवन प्रणाली खेती तर्फआकषिर्त भएका छन । धैबुङका १५ किसानहरुलाई नमुनाको रपमा पहिलोपटक नेपाल कृषिवन प्रतिष्ठान रसुवाले कृषिवन पद्दति सम्बन्धि तालिम संचालन गरे पछि किसानहर यस खेति प्रणालि तर्फलागेका हुन्...
पुरा हेर्नुहोस्
 
ग्रामीणवासी आयर्ुर्वेदिक पद्धतिमा आकर्षा
धुन्चे, जिल्ला आयर्ुर्वेद स्वास्थ्य केन्द्रद्वारा उत्तरी रसुवाको थाम्बुचेतमा हाल सम्पन्न निःशुल्क स्वास्थ्य शिविरपछि यहाँका बासिन्दा आयर्ुर्वेदिक औषधितर्फआकर्षा हुन थालेका छन् ।
पुरा हेर्नुहोस्
 
त्रिशूलीमा खुल्ला विद्यालय सञ्चालन
त्रिशूली, दर्ुइ वर्षघि कक्षा ८ पास गरेका र्सवसाधारणलाई एसएलसी परीक्षामा सहभागिता गराउनका लागि नुवाकोटको पुरानो त्रिभुवन त्रिशूली उच्च माविमा खुल्ला विद्यालय सञ्चालन गरिएको छ । खुल्ला विद्यालयमा विशेषगरी गृहिणी र नोकरी पेशामा रहेका अधिक रहेका छन् ।
पुरा हेर्नुहोस्
 
खानेपानी माग्न आएका महिला रित्तै
विदुर, गाउँमा खानेपानीको मुहान सुकेपछि नुवाकोटको खानीगाउँ गाविसका र्सवसाधारण विगत चार महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । विहीबार जिल्ला विकास समितिको कार्यालयमा खानेपानीको लागि पाइप माग्न पुगेका महिलाहरु रित्तै फर्किएका छन् ।
पुरा हेर्नुहोस्
 
सेवा र सुविधाबाट वञ्चित भएकोमा बन्दीहरुको दुखेसो
विदुर, नुवाकोट जिल्ला कारागारमा बन्दीकैदीहरुलाई काठमाडौंको विभिन्न कारागारमा रहेका बन्दीकैदीहरुले पाएसरहको सेवासुविधा नपाएको गुनासो गरेका छन् । कारागार प्रशासनले बन्दी र कैदीहर फरक-फरक भएको अवस्थामा पनि दुइटैलाई एउटै व्यवहार गरी सेवासुविधाबाट वञ्चित गरेको बन्दीहरले दुःखेसो गरेका छन् ।
पुरा हेर्नुहोस्
 
अपाङ्ग परिचयपत्र लिने बढे
विदुर, सरकारले गतवर्षेखि पर्ूण्ा असक्त अपाङ्गलाई मासिक रपमा भत्ता दिन सुर गरेपछि नुवाकोटमा अपाङ्ग परिचयपत्र बनाउने अपाङ्गहरको संख्यामा वृद्धि भएको छ । अपाङ्ग परिचयपत्र वितरणको कार्य गर्दै आएको महिला विकास कार्यालय नुवाकोटमा हालसम्म ६ सय ६१ जनाले अपाङ्ग परिचयपत्र बनाइसकेका...
पुरा हेर्नुहोस्
 
मौलिक असारे भाका लोप हुंदै
'धानैमा राखे ढुकुटी कोठा, धन राख्ने धन्सार मायाको डोरी चटक्कै तोडी कहाँ जाने मन छ र' बदलिँदो समयसँगै युवा पुस्ताले चासो नदिएपछि नुवाकोटमा माथिल्लो हरफमा उल्लेख गरिएका जस्तै विविध नेपाली मौलिक लोक संस्कृतिका रूपमा रहेको 'असारे गीत' लोप हुन थालेको छ...
पुरा हेर्नुहोस्
 
जिवजिवेको धानवालीमा कृषक पाठशाला
त्रिशूली, नुवाकोट, कृषकहरुलाई बढ्दै गएको जलवायु परिवर्तनका सम्वन्धमा जानकारी दिने उद्देश्यले रसुवाको दक्षिणी भोर्ले गाविस वडा नं। १ जिवजिवेको धानवालीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । मध्यवर्ती सहयोग आयोजना र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा पहिलोपटक धानीबालीमा १६ हप्ते...
पुरा हेर्नुहोस्
 
Advertise with Us / Copyright 2009 Trishuli News! Inc. All rights reserved. / About Us / Contact Us / Powered by 23rdweb