युवाहरुद्वारा सहकारी स्थापना
2010-07-01 12:20:08
खानीगाउँ, नुवाकोट,
युवाहरुको सकृतामा नुवाकोटको पर्ूर्वी खानीगाउँ गाविसमा सहकारी स्थापना गरिएको छ । शैक्षिक कर्जा समेत लिने उद्देश्यले खानीगाउँ गाविस वडा नं. ४ ढिकुरेबजारमा स्थापित सम्पन्न बचत तथा ऋण सहकारी संस्थाको आइतबार सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले उद्घाटन गर्नुभयो ।
सम्पन्न भविष्यका लागि पारिवारिक व्यक्तिहरुलाई अध्ययनका लागि आवश्यक शैक्षिक कर्जा प्रदान गरी शैक्षिकस्तर उकास्ने, विभिन्न आयमूलक तथा स्वरोगारमूलक कार्यक्रमका लागि आवश्यक पूँजी उपलब्ध गराउने, प्रतिस्पर्धात्मक व्याजदरका निक्षेप योजनाहरुमार्फ सदस्यहरुमा नियमित बचत गर्ने बानी विकास गर्ने तथा विदेशमा रानेजगारीका लागि जान चाहने सदस्यहरुलाई बैदेशिक रोजगार कर्जा प्रदान गरी आर्थिकस्तर वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित उक्त सहकारीको शेयर पूँजी एककरोड रहेको सहकारीका मेनेजर गणेश गुरुवाचार्यले वताउनुभयो ।
सहकारी अध्यक्ष पर्ूण्ालाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डिएन पाठक, प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भर्ुतेल, जिल्ला सहकार संघका अध्यक्ष वैकुण्ठ मिश्र, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटा, हाम्रो विकास बैंकका प्रवन्धक धु्रबकुमार मुडबरीलगायतले सहकारीले मान्यता र सिद्धान्तअनुसार शेयर सदस्यहरुबाट वचत संकलन गरी सदस्यहरुलाई व्यापार, व्यवसाय र व्यक्तिगत कार्यका लागि आवश्यक पूँजी उपलब्ध गर्राई आर्थिकस्तनर उकास्न सहयोग पुर्याउनर्ुपर्नेमा जोड दिनुभएको थियो ।