जिल्लास्तरीय फुटवल, नवविहानीद्वारा उपाधी कब्जा, सुनिल उत्कृष्ट खेलाडी
2010-07-01 08:42:31

त्रिशूली, नुवाकोटको त्रिशूलीमा सञ्चालित जिल्लास्तरीय चौथो अन्तरक्लब फुटवल प्रतियोगिताको उपाधी नवविहानी युवा एकता क्लब विदुरले जित्न सफल भएको
छ । बुधवार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी कोलोनी युथ र्सकललाई पराजित गरी नवविहानीले उपाधी कब्जा गर्न सफल भएको हो ।
त्रिभुवन त्रिशूली उच्च माविको खेल मैदान त्रिशूलीमा निकै आकर्ष र आक्रमक फाइनल खेलमा नवविहानीले कोलोनीलाई सून्यका विरुद्ध एक गोलले पराजित गरी प्रतियोगितामा प्रथम हुन सफल भएको हो ।
पहिलो हाफको २० मिनेटमा नवविहानीका सुनिल बस्नेतले गरेको गोल नै निर्ण्ाायक गोल हुन पुगेको थियो । खेल अवधिभर कोलोनीले गोल फर्काउनका लागि निकै आकर्ष प्रहारहरु गरेपनि खेलाडीहरुको तालमेल नमिल्दा प्रहार खेर जान बाध्य भयो भने खेलको सुरुवातमै एक गोल गरेको विदुरले खेल अवधिभर गोल थप्ने भन्दा पनि उपाधी रक्षाको लागि खेललाई रक्षात्मक बनाएको थियो ।
प्रतियोगितामा नवविहानीकै सुनिल बस्नेतले उत्कृष्ट खेलाडी, डेन्जरमेन युवा क्लबका देवेन्द्र श्रेष्ठले उत्कृष्ट डिफेन्स, व्योनखोर युवा क्लबका अनिल गुरुङले हाइस्कोरर, नवविहानीका
नवराज महर्जनले उत्कृष्ट गोलरक्षक र आयोजक टाइगर क्लब त्रिशूली अनुशासित टिमको पुरस्कार जित्न सफल भए । खेलपछि आयोजित कार्यक्रममा सभासद जगदीश्वरनरसिंह केसीले विजेता नवविहानी युवा एकता क्लबलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभयो । आयोजक क्लबका अध्यक्ष शक्ति तामाङको
सभापतित्वमा सम्पन्न कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भर्ुतेल, नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नुवाकोट फुटवल संघका अध्यक्ष दीपक चित्रकारलगायतले खेल क्षेत्रको विकास र विस्तारको लागि फुटवल खेललाई गाउँस्तरबाटै संचालन गरिनर्ुपर्नेमा जोड दिनुभएको थियो ।