सडक मार्गमा कन्टेनर सेवा
2010-06-29 12:57:34
धुन्चे, ग्रामीण बासिन्दाले उपयोग गर्ने खाद्य सामग्रीका साथै अत्यावश्यक वस्तु र व्यापारिक सामग्री ढुवानीमा सहज बनाउन पासाङ ल्हामु मार्गमा कन्टेनर सेवा सुर भएको छ ।
मैत्री यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित कन्टेनर सेवा अर्न्तर्गत दैनिक ४०-५० वटा ढुवानीका साधन ओहरदोहोर भइरहने कन्टेनर डिब्बाको अलावा बस, ट्रक, माइक्रोबस, टाटासुमो जिपसमेतका साधन समावेश गरिने सङ्घका केन्द्रीय अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो । पासाङल्हामु मार्गमा चल्ने साहुमहाजन र्सवसाधारण सबैका ढुवानीसाधन मैत्री यातायातमा दर्ता गर्नुपर्ने जनाइएको छ ।