व्यापारिक मालसामान ढुवानीका लागि मैत्री यातायात सञ्चालन
2010-06-29 13:00:14
विदुर, बहुप्रतिक्षित रसुवागढी मार्ग आशिंक संचालनमा आएपछि व्यापारिक मालसामान ढुवानीका लागि मैत्री यातायात सेवा सञ्चालन भएको छ । मैत्री यातायात व्यवसायी संघले रसुवामा कार्यालय स्थापना गरी सेवा सञ्चालन सुर गरेको हो ।
चीनको केरङ सिमा रसुवागढीबाट नुवाकोट, धादिङ र काठमाडौलगायत देशका विभिन्न क्षेत्रका मालसामान ढुवानी गर्न कार्यालय स्थापना गरिएको ंसंघको उपसमितिले जनाएको छ । संघ ट्रक र कन्टेनर व्यवसायीहरको छाता संगठन हो ।
संघको जिल्ला उपसमिति वीरेन्द्रकुमार उप्रेतीको संयोजकत्वमा नौसदस्यीय कार्यसमिति रहेका छन् । रसुवाबाट यसैसाता सेवा सुर गरिएको संयोजक उप्रेतीले वताउनुभयो ।