सुदर्शन सापकोटा, काठमाडौं, साउन १ - शुक्रबारको दिन भएर पनि डिसिबिएल बैंककी सहायक व्यवस्थापक डिना चित्रकार अफिसबाट छिट्टै फुत्किन पाइनन्। वाणिज्य बैंकहरूले बैंकिङ कारोबार पनि बन्दै गरेका थिए। तैपनि उनी अरू दिनभन्दा व्यस्त हुनुपर्‍यो। शुक्रबार, असार मसान्त। नेपालको आर्थिक पात्रोअनुसार वर्षको यो अन्तिम दिन सबैं बैंक, वित्तीय संस्था र सार्वजनिक तथा निजी कम्पनीहरूले आफ्नो हरहिसाब मिलान गर्ने दिन हो। आज शनिबारदेखि आर्थिक पात्रो नयाँ वर्षमा प्रवेश गर्छ। व्यवसायीहरू त्यही भएर अघिल्लो दिनै बितेको वर्षका सबै लिनेदिने हिसाब फरफारक गरेर नयाँ खाता तयार पार्छन्। डिनाको व्यस्तताको कारण यही हो। 'असार मसान्तको दिन सधैं यस्तै हो,' १० वर्षदेखि यही कम्पनीमा काम गरिरहेकी उनी भन्छिन्, 'अरू बेला भइदिएको भए शुक्रबार तीन बजे बैंक बन्द भइसक्थ्यो। असार मसान्त परेकाले वर्षभरिको हिसाब मिलान नगरी छुट्टी पाइन्न। कम्तिमा ८ बज्छ।' सबैं बैंकका शाखामा शुक्रबार यसैगरी बित्यो। नेपाल बंगलादेश बैंकले सन्ध्याकालीन काउन्टर बन्द गरेको सूचना प्रकाशित गरेको थियो। अधिकांशले यस्तो सूचना नदिए पनि सामान्य बैंकिङ कारोबारबाहेक ग्राहकसँग प्रत्यक्ष कारोबार गरेनन्। कर्जा प्रवाहको काम त एक महिनादेखि नै बन्द भइसक्यो। मसान्तको दिन सहजै हिसाब मिलान भए उनीहरूले समयमै छुट्टी पाउँछन्। नभए एक पैसाको हिसाब नमिल्दा पनि रातभर जाग्राम बसेर मिलाएकै हुनुपर्छ। खासगरी यसले बैंकको कर्जा विभाग, लेखा, सञ्चालन, सूचना प्रविधि र प्रतीतपत्र विभागमा बढी चाप पर्छ। शुक्रबार पुतलीसडकको काठमाडौं प्लाजास्थित डिसिबिएलको प्रधान कार्यालय पुग्दा त्यहाँका कर्मचारी यो वर्षभित्र उठाइसक्नुपर्ने कर्जा र त्यसको ब्याजका लागि ताकेता गर्दै ग्राहकलाई फोन गर्न व्यस्त थिए। कोही घडी हेर्दै कर्जा तिर्न आउने ग्राहकको बाटो कुरेर बसेका थिए। 'आउँछु भनेका ऋणी नआउन्जेल पर्खनैपर्छ,' बैंकका सुपरिवेक्षक चारु प्रधान भन्छिन्, 'उनीहरूले तिरेर गएपछि पनि हामी हिसाब मिलान नगरी घर फर्कन पाउँनौं।' डिसिबिएलका प्रमुख कार्यकारी सुधिर खत्रीका अनुसार तोकिएको कर्जा र ब्याज नउठे त्यो रकम अर्को वर्ष बक्यौताका रूपमा सर्छ। त्यो रकम बराबर सम्भावित नोक्सानीको व्यवस्था गर्नुपर्ने हुन्छ। 'यसले बैंकको नाफामा सोझै असर पार्ने हुँदा हामी भरसक मसान्तभित्रै तोकिएको हद पूरा गर्न कुनै कसर छोड्दैनौं,' खत्रीले भने, 'आज बैंकको कर्जा उठे वासलात राम्रो देखिन्छ।' आफ्नो अफिस कोठामा झन्डै आधा घन्टा नागरिकसँग कुराकानी गर्दा उनलाई दर्जनौं फाइल सही गर्न चापाचाप थियो। उनका अनुसार बैंकका लागि असार मसान्त एकदमै गाह्रो र व्यस्त दिन हो। कतिपय संस्थामा त नयाँ वर्षको उत्सव मनाएजस्तै आर्थिक वर्ष सुरु भएको खुसीमा भोज खाने चलन पनि छ। सिंहदरबार प्लाजास्थित नेपालको एकमात्र पुँजी बजार स्टक एक्स्चेन्जमा त्यस्तै भयो। एक्सचेन्जले शुक्रबार ३ बजेतिर हिसाबमिलान सकेपछि कर्मचारीलाई क्याटरिङसहितको भोज खुवाएको थियो। आर्थिक वर्षको मैझारो निजी क्षेत्रका उद्योगधन्दामा पनि देखियो। गोल्छा समूहका अध्यक्ष दिवाकर गोल्छाले वर्षको अन्तिम दिन भएकाले हिसाब मिलानमा व्यस्त रहनुपरेको बताए। 'यो वर्ष कुनै काम रोकिए अर्को वर्षको नयाँ खातामा हिसाब पेन्डिङ देखिने हुँदा जसरी भए पनि आजै भ्याउँछौं,' उनले भने। उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेपाल इकरात इन्जिनियरिङमा पनि शुक्रबार असार मसान्तको चटारो थियो। 'वर्षभरिको ग्राहक इन्क्वाइरी, भुक्तानी, माग र वितरणसम्बन्धी हिसाब मिलान गर्नुपर्छ,' विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी इकरातकी बजार प्रमुख शर्मिला सुब्बाले भनिन्। चलन थरिथरिका विधिवत् खाताबन्दी असार मसान्तमा हुने भए पनि कतिपय व्यापारिक समुदायले लक्ष्मीपूजालाई पनि हिसाबकिताब फरफारक गर्ने दिनका रूपमा लिन्छन्। खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानका अनुसार मारवाडी समुदायले लक्ष्मीपूजालाई हिसाब मिलान गर्ने दिनका रूपमा लिँदै आएका थिए। मारवाडी समुदायमा रोकड प्रणालीअनुसार हिसाब राख्ने चलन छ। जसमा सबै किसिमका हिसाब एउटै रजिष्टर्डमा राखिन्छ। तर, पछिल्लो समय यो परम्परा हराउँदै गएको खेतान बताउँछन्। 'रोकड प्रणाली भएको बेला लक्ष्मीपूजाको दिन पुर्ख्यौली घरमा भेला भएर पुरानो खाता बन्द गरी नयाँ सुरु गर्ने चलन थियो,' उनले भने, 'अहिले यो प्रणाली छैन। तैपनि, हामी लक्ष्मीपूजामा पुर्ख्यौली घरमा भेला हुन्छौं। पुरानो रजिष्टर्ड, पैसा राख्ने सन्दुक, कपडा काट्ने कैंची, कपडा नाप्ने फित्ताको पूजा गर्छौं।' पहिले प्रोप्राइटरसिपमा चलेका निजी उद्योग व्यवसाय आर्थिक उदारीकरणसँगै पब्लिक लिमिटेड र प्राइभेट लिमिटेड कम्पनीका रूपमा परिणत भएकाले रोकड प्रणाली हराएको हो। त्यससँगै खाताबन्दीको तिथि लक्ष्मीपूजाबाट असार मसान्तमै सरिसकेको छ। भारतका मारवाडी समुदायले भने अझै लक्ष्मीपूजाकै दिन नयाँ खाता सुरु गर्छन्। 'उदारीकरणको लहरलाई त मान्नैपर्‍यो,' खेतानले भने, 'अब हामी पनि असार मसान्तमै पुरानो खाता 'क्लोज' गरेर नयाँ सुरु गर्छौ। असार १५ गतेतिर नयाँ आर्थिक वर्षका लागि आन्तरिक बजेट ल्याउने चलन पनि छ।' थकालीहरू भने आज पनि श्रीपञ्चमीको दिनलाई नयाँ आर्थिक वर्षको सुरुवातका रूपमा लिन्छन्। गाउँघरतिर अझै यही दिनबाट नयाँ आर्थिक कारोबार सुरु गर्ने चलन छ। धेरैजसोले ऋण दिँदा श्रीपञ्चमीकै भाखा राखेका हुन्छन्। कायस्थ समुदायमा भने कागतिहारको दिनलाई आर्थिक वर्षको सुरुवात मानिन्छ। उदारीकरणको असर आर्थिक उदारीकरणसँगै नेपाली कम्पनीहरू विभिन्न बहुराष्ट्रिय कम्पनीसँग आबद्ध हुँदै गएका छन्। र, त्यससँगै नेपालको असार मसान्तको महत्व पहिलेभन्दा कम हुँदै गएको छ। वाणिज्य बैंकहरूकै कुरा गर्दा विधिवत् खाताबन्दी असार मसान्तमा भए पनि कतिपय हिसाबकिताब अंग्रेजी पात्रोअनुसार डिसेम्बर अन्तमै हुन्छ। अधिकांश वाणिज्य बैंकको कुनै न कुनै बहुराष्ट्रिय बैंकसँग सम्बन्ध रहेकाले उनीहरूसँग तालमेल मिलाउन यसो गर्नुपरेको हो। संयुक्त राष्ट्र संघले नयाँ आर्थिक वर्ष सुरु हुने दिन जनवरी १ लाई मान्छ। भारतीय कम्पनीसँग आबद्ध कतिपय क्षेत्रमा भने मार्च अन्तिममा खाता बन्द गर्नुपर्ने अवस्था छ। यसको उदाहरण बिमा कम्पनी हो। यहाँका अधिकांश बिमा कम्पनीले भारतको जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) मा पुनर्बिमा गराउने हुँदा उताको आर्थिक वर्षसँग सामञ्जस्य राख्न मार्च अन्तिममै हिसाब फरफारक गर्नुपर्ने खेतानले बताए। आर्थिक वर्षको थालनी नेपालमा नीति तथा कार्यक्रमसहित आर्थिक वर्षको बजेट ल्याउने चलन २००७ सालबाट सुरु भएको हो। यस आधारमा नेपालको पहिलो आर्थिक वर्ष २००७/८ हुन आउँछ। तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले सुरु गरेको यही आर्थिक वर्षलाई आजसम्म आधिकारिक मनिँदै आएको छ। त्यो बजेट पनि साउन १ देखि नै लागू हुनेगरी आएको थियो। साउन १ देखि असार मसान्तसम्मलाई आर्थिक वर्षका रूपमा गणना गर्ने परम्परा कसरी चल्यो भन्ने यकिन जानकारी कसैसँग छैन। अर्थशास्त्री विश्वम्भर प्याकुरेलले कृषिमा आधारित अर्थतन्त्र भएकाले नेपालमा साउनबाट आर्थिक वर्ष सुरु भएको हुनसक्ने बताए। उनका अनुसार बर्खा लागेपछि खेतीपातीको काम सुरु हुन्छ। यसको चक्र असारसम्म चल्ने भएकाले साउन १ बाट आर्थिक वर्ष मान्न थालिएको हो। यसमा कुनै वैज्ञानिक आधार भने नभएको उनले जानकारी दिए। अर्का अर्थशास्त्री भोला चालिसे धार्मिक आधारमा आर्थिक वर्षको तिथि तोकिएको हुनसक्ने बताउँछन्। उनका अनुसार साउन १ देखि सूर्य उत्तर दिशाबाट दक्षिणतिर लाग्छ। त्यो दिनदेखि हिन्दु धर्ममा दक्षिरायाण सुरु भएको मानिन्छ। संयोगै भए पनि साउन १ देखि आर्थिक वर्ष सुरु हुने चलनले नेपाललाई सीमावर्ति भारतका आर्थिक नीतिको असर मूल्यांकन गरेर त्यसैअनुसार कार्यक्रम ल्याउन भने सजिलो बनाएको छ। खुला सीमा भएकाले बजार मूल्य वृद्धिदेखि अर्थतन्त्रका धेरै आधार भारतीय नीतिसँग गाँसिएका छन्। भारतको आर्थिक वर्ष नेपालको भन्दा साढे तीन महिनाअघि अप्रिल १ बाट सुरु हुन्छ।

तामाङ घोषणपत्र
2010-06-29 21:58:01


लक्ष्मी तामाङ, कल्पना आचार्य रसुवाबाट

अव बन्ने नेपालको संविधानमा स्थानीय संस्कृति, सांस्कृतिक विविधता तथा सांस्कृतिक अधिकारको संरक्षण र पर््रवर्द्धन कार्यको संवैधानिक सुनिश्चितता तथा स्थानिय अग्रसरताका लागि नेपालका आदिवासीजनजातिहरूको आत्मसम्मान तथा विकासका लागि सांस्कृतिक विविधता पर््रवर्द्धन परियोजनाको तर्फाट नेपाल तामाङ घेदुङ रसुवाले ०६७ हसार १३ गते चारबुँदे घोषणा पत्र जारी गरेको छ ।


नेपालका आदिवासी जनजातिहरूको आत्मसम्मान तथा विकासका लागि सांस्कृतिक विविधता पर््रवर्द्धन परियोजना अर्न्तर्गत सञ्चालन भएको जिल्ला घोषणा-पत्र निर्माण कार्यशाला गोष्ठीमा गाविस स्तरीय संवाद/छलफलबाट आएको विषयवस्तु/निर्ण्र्ााो आधारमा हामी जिल्लाका सभासद, राजनीतिक दलहरूका प्रतिनिधिहरू, स्थानीय निकायका प्रतिनिधिहरु, सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, जातिय संघ-संस्थाका प्रतिनिधीहरू, नागरीक समाजका प्रतिनिधीहरू, पत्रकार, बुद्धिजीवि, सांस्कृतिक तथा मानव अधिकारकर्मी, धार्मिक नेता, सांस्कृतिककर्मी, कलाकारहरुले रसुवा जिल्ला स्थित धुन्चेमा निम्न विषयहरुमा छलफल गरी अव बन्ने नेपालको संविधानमा स्थानीय संस्कृति, सांस्कृतिक विविधता तथा सांस्कृतिक अधिकारको संरक्षण र पर््रवर्द्धन कार्यको संवैधानिक सुनिश्चितता तथा स्थानीय अग्रसरताका लागि घोषणापत्रमा दस्तखत गरी सामुहिक प्रतिवद्धता जाहेर गरिएको छ ।


घोषणा पत्रमा नेपालमा रहेका हरेक जातजातिको संस्कृतिले सम्मान पाउनु पर्दछ । समाजमा रहेका जातिय तथा सांस्कृतिक भेदभावहरु हटाउनु पर्दछ । सबै कला, साँस्कृतिक मुल्य मान्यताहरुलाई भेदभाव गर्नु हुँदैन । परापर्ुवकाल देखी चली आएको चालचलनलाई निरन्तरता दिदै एक आपासमा सम्मानजनक व्यवहार गरिनु पर्दछ । साँस्कृतिक चालचलन आदिवारे जानीफकार व्यक्ति र नयाँ पुस्ता विच नियमित छलफलको माध्यमबाट यसको महत्व र औचित्यताबारे स्पष्ट पार्दर्ै आपसी सम्मान र सद्भावको विकास गर्ने । विभिन्न साँस्कृतिक समुदायका व्यक्तिहरुविच नियमित सम्बाद र छलफल गर्ने । सबै साँस्कृतिक समुदाय विच सह अस्तित्व र सहकार्यको भावनाको विकास गरिनु पर्ने, कार्यक्रममा सहभागि जिल्लाका दश गाविसका जनजातीहरुले परम्परादेखी नै चलनमा आएको संस्कृति र भेषभुषालाई लोप हुन नदिन सबै संस्कृतिलाई संरक्षण गर्नुपर्दछ । स्थानीय संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र पर््रवर्द्धन गर्न धार्मिक आस्थाको आधारमा गरिने विविध कृयाकलापमा अन्य धर्मको मर्म प्रति आघात पुग्ने खालको कार्य हुनुहुदैन । जस्तै बुद्धजयन्तीमा गढीमाई मेलामा दिइने पशुवली, इर्साई, बौद्ध र हिन्दु विच असमान्जस्यता । लोसार पर्बलाई एकरुपता ल्याई उल्लासमय र पहिचानमुलक बनाउनुपर्ने माग गरे ।


स्थानीय संस्कृति र भाषाहरुलाई संरक्षण र सर्म्बर्द्धन गर्नुपर्दछ । परम्परादेखी चलिआएका चालचलन र रितिरिवाजहरुलाई निरन्तरता दिदै स्थानीय स्तरमा रहेका साँस्कृतिक सम्पदाहरु -माने, मठमन्दिर, गुफा, पाटी पौवा, ताल तलैया, झरना, गुम्बा, छ्योर्तेन) को संरक्षण, पुननिर्माण र मर्मत सम्भार गर्नुपर्दछ । सम्पदाहरुको पहिचानमा एकरुपता ल्याई जिवन्तता दिनु पर्ने ,पौराणिक सम्पदाहरुको संरक्षण र पुन निर्माणमा राज्य तथा नागरीकको ऐक्यवद्धता र सहकार्य हुनर्ुपर्दछ । संस्कृतिको पर्ुनसमिक्षा गरी संस्कृतिको नाममा भएका विकृतिहरुलाई हटाउदै व्यवाहारिक संस्कृतिको निर्माण गरिनु पर्ने ,जातिय पहिचानलाई जिवन्त राख्नको लागि भेषभुषाको प्रयोग गर्नुपर्दछ । संस्कृतिलाई व्यावहारिक र जीवन उपयोगी बनाउनुपर्ने ,स्थानीय श्रोत साधानहरुको व्यापक परिचालन गर्दै मौलिक पहिचानहरुको संरक्षण र पर््रबर्द्धन गरिनर्ुपर्दछ । स्थानीय साँस्कृतिक बस्तु र उत्पादनहरुको राम्रो वजार व्यवस्थापन हुनुपर्ने , जातिय, धार्मिक, लिंगिय र साँस्कृतिक भेदभावको अन्त्य हुनुपर्ने, राष्ट्रका निर्ण्ाायक व्यक्तिहरुबाट नै भाषा र भेषभुषाको उचित प्रयोग गर्नुपर्ने, आफ्नो संस्कृति भुलेर पर संस्कृतिको नक्कल गर्ने चलनलाई निरुत्साहित गर्ने । आ -आफ्नो धर्म संस्कृतिलााई निरन्तरता दिनुपर्ने ,मौलिक संस्कृतिहरुको विविधताबारे दृश्यात्मक डकुमेन्ट्री वनाएर सबै ठाँउमा पर््रदर्शन गर्नुपर्ने ,स्थानीय मातृभाषाको विकास र विस्तारको लागि मातृभाषामा पाठ्यसामाग्री निर्माण र अध्ययन अध्यापनको व्यवस्था गरिनुपर्ने, संस्कृतिको महत्व र औचित्यताका बारेमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिनुपर्ने , ऐतिहासिक धार्मिक स्थलहरुहरुको संरक्षण र सर्म्बर्द्धन गर्न सबै एकजुट हुनुपर्ने ,आफ्नो भेषभुषा, भाषा र मौलिक पहिचानहरुलाई प्रयोगमा निरन्तरता तथा व्यापकता ल्याउनु पर्ने , आदिवासी जनजातिहरुको संस्कृतिलाई राष्ट्रिय मान्यता प्रदान गरिनुपर्ने, सांस्कृतिक विविधताको संरक्षण र पर््रवद्धन ः सबै खाले जातजाति, भाषाभाषी र संस्कृतिहरुको संरक्षण र विकास गराउनर्ुपर्दछ । मौखिक रुपमा रहेका साँस्कृतिक इतिहासलाई लिखित र दृश्यात्मक बनाई प्रचार प्रसार गरिनु पर्ने, साँस्कृतिक विविधताको महत्व र औचित्यतालाई तालिम, प्रशिक्षण, अन्तरक्रियाका माध्यमबाट दोश्रो पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा जोडदिएका छन् ।


घोषणा पत्रमा नागरिकका साँस्कृतिक अधिकारलाई मौलिक अधिकारका रुपमा संविधानमा नै सुनिश्चित गर्नुपर्ने ,सबै साँस्कृतिक समुदायलाई राज्यबाट पाउने सेवा सुविधा र अवसरहरुमा न्यायोचित वितरण प्रणालीको कानुनी व्यवस्था गर्नु पर्ने , राज्यबाट उपलब्ध श्रोत साधन, सेवा सुविधाको उचित र पर्ुण्ा उपयोगको हक स्थापित हुनुपर्ने ,राज्यमा रहेका साँस्कृतिक विविधतालाई समान व्यवहार गर्ने संबैधानिक व्यवस्था हुनुपर्ने, मातृभाषालाई आधार मान्दै बहुभाषिक शिक्षाको राष्ट्रिय नीति निर्माण हुनर्ुपर्दछ । देशलाई धर्म निरपेक्ष राष्ट्रको रुपमा निरन्तरता दिनुपर्ने र राष्ट्रिय जनावरको रुपमा सबै जाति धर्मले स्वीकार गर्न सक्ने विकल्प दिनुपर्ने जनाईएको छ । नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष लामासाम्देन घलेको सभापतित्वमा भएको कार्यक्रममा सबै जनजातीका संस्थाका प्रतिनिधिले घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।



 


Advertise with Us / Copyright 2009 Trishuli News! Inc. All rights reserved. / About Us / Contact Us / Powered by 23rdweb