चलचित्र छयाँकनको गन्तव्य चण्डिपोखरी
2010-06-30 09:39:59
चण्डीपोखरी, काठमाडौंसँगै जोडिएको पर्यटकीय जिल्ला नुवाकोट पछिल्लो समय चलचित्र छायांकनको गन्तव्यस्थल बन्दै गएको छ । नुवाकोटका विभिन्न स्थानमा चलचित्र छायांकन गर्न निर्माण पक्ष उत्साहित देखिएका छन् ।
नुवाकोटको विदुर नगर क्षेत्र, साततले दरबार परिसर, त्रिशूली, कोलोनी, ककनी, बट्टार, चण्डीपोखरी र देवीघाट चलचित्र छायांकनको लागि उपयुक्त स्थल र हेको चलचित्र निर्माणमा संलग्न प्राविधिकहरु वताउँछन् । नेपाल पर्यटन वर्ष२०११ लाई लक्ष्यित गरी बट्टारका युवा आरवी प्रधानले चलचित्र 'कोही त छ' को छायांकन गरेका छन् ।
आरवी फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र 'कोही त छ' को मंगलबार छायांकन सकिएको छ । उक्त चलचित्रको गत जेठ ३ गतेदेखि नुवाकोटका विभिन्न स्थानमा छायांकन गरिएको हो । प्रेम, पारिवारिक कथा र आतंककारी गतिविधी नियन्त्रणमा केन्द्रित 'कोही त छ' को वरिष्ठ कलाकार सुशिल पोखरेलले कथा लेखेका हुन् । उक्त चलचित्र नुवाकोटको साततले दरबार परिसर, त्रिशूलीबजार, कोलोनी, बट्टार, विदुर, चण्डीपोखरी, माझिटारलगायतका स्थानमा छायांकन गरिएको हो ।
नुवाकोटमा आफू चलचित्र छायांकनको शिलशिलामा पहिलोपटक आएको वताउँदै वरिष्ठ अभिनेत्री तृप्ती नाडकरले चलचित्रको लागि आवश्यक र सन्तुलित दृश्य नुवाकोटमा भरपुर रहेको वताउनुभयो । उनको 'कोही त छ' मा टुहुरा नायक मुकेश आचार्य र नायिका झरना थापाको संरक्षकको रुपमा अभिनय रहेको छ ।
यसैगरी, नायिका झरना थापाले वास्तवमै नेपाली चलचित्रको लागि उपयुक्त स्थल नुवाकोट रहेको स्वीकार गर्दै आफ्नो होम प्रोडक्सनद्वारा निर्माणाधिन चलचित्र 'केटी हराएको सूचना' को गीतको छायांकन केही दिनमै नुवाकोटमा आएर गरिने वताउनुभयो । उता, बरिष्ठ छायांकार युवराज र्राई काठमाडौं सँगै जोडिएर रहेपनि काठमाडौं भित्रै छायांकनमा मस्त चलचित्र निर्माण पक्षलाई यसअघि नुवाकोटमा चलचित्र छायांकनको लागि उपयुक्त स्थल छ भन्ने थाहा नभएर नुवाकोटको मनमोहक दृश्य कसैले कैद गर्न नसकेको वताउनुहुन्छ । आफू चलचित्र निर्माणका अन्य व्यक्तिहरुलाई नुवाकोटमा चलचित्र छायांकनका लागि उत्प्रेरित गर्ने र्राईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आरवी फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र 'कोही त छ' को आगामी माघ १ ग ते पर््रदर्शन सुभारम्भ गरिने निर्माताद्वय आरवी प्रधान र बाबु लामाले एकैसाथ वताएका छन् ।
चलचित्रमा युवा निर्देशक रामजी लामिछानेले कुशल ढंगले स्थानीय कलाकारहरुलाई समेत साथमा लिएर चलचित्रको निर्देशन सम्पन्न गरेका छन् । आतंककारी तथा तस्करहरु देशद्रोही हुन्, उनीहरुलाई तह लगाउनर्ुपर्छ भन्ने सन्देश दिँदै वरिष्ठ द्वन्द निर्देशक सानुकुमार महर्जनले निकै कुशल ढंगले कलाकारहरुलाई द्वन्द सिकाएका छन् ।
चलचित्रमा राजवल्लभ कोइराला, झरना थापा, तृप्ती नाडकर, सुशिल पोखरेल, मुकेश आचार्य, आरवी प्रधान, बाबु लामा, निर्मल लामा तथा स्थानीय कलाकारहरु उत्सव अर्याल, देवचन्द्र भट्ट, निलमबाबु ढुंगेल, वसन्त रिजाललगायतको मुख्य भूमिका रहेको छ ।