नेपाली कांग्रेस नुवाकोटमा साँढे ६ हजार क्रियाशिल सदस्य
2010-06-30 11:15:51
नेपाली कांग्रेस नुवाकोटले क्रियाशिल सदस्यताकोलागि जिल्ला भरवाट ६ हजार ६ सय असी जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसले देशभरको गाउँ/नगर समिति, क्षेत्रिय समिति र जिल्ला कार्य समितिको अधिवेशन साउन ९, १३ र १७ गते एकै साथ गर्ने निर्ण्र्ाागरेपछि जिल्लाले विवादित विदुर नगरपालिकाको वडा नं ९ को क्रियाशिल सदस्यता वाहेकको सिफारसिक गरेको नेपाली कांग्रस नुवाकोटले जनाएको छ ।
नेपाली कांग्रेस नुवाकोटले जिल्लाभरवाट प्राप्त आवेदन मध्ये नविकरण तर्फ२ हजार ६ सय छब्बिस जना र नयाँ सदस्यतर्फ४ हजार चवन्न जनाले दिएको आवेदनलाई स्वीकृत गरेको छ । त्रियाशिल सदस्यता वितरणकोलागि जिल्ला स्तरमा जिल्ला सभापति र सह-सभापति, स्थानीय स्तरमा नगर/गाउँसमितिको निर्ण्र्ााो आधारमा सदस्यता स्वीकृत गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति धु्रव अधिकारीले जानकारी दिनुभयो । विदुर नगरपालिका ९ नर्ंर् इकाइ समितिवाट प्राप्त क्रियाशित सदस्यता विवाद स्थानीय स्तर र जिल्ला समितिमा समाधान हुन नसकेकोले सदस्यता स्थगित गरिएको सभापति अधिकारीले जानकारी दिनुभयो ।
क्रियाशिल सदस्यताकोलागि नविकरण वापत क्षेत्र नं १ वाट ८ सय एक, क्षेत्र नं २ वाट १ हजार २ सय सात, क्षेत्र नं ३ वाट ६ सय सत्र जनाले दिएको आवेदन र नयाँ सदस्यता वापत क्षेत्र नं १ वाट १ हजार ३ सय सन्ताउन्न जना, क्षेत्र नं २ वाट १ हजार ५ सय सत्तचालिस जना, क्षेत्र नं ३ वाट १ हजार १ सय पचास गरि कुल ६ हजार ६ सय असी जनाले दिएको आवेदनलाई क्रियाशिल सदस्यताकोलागि केन्द्रमा पर्ठाईएको नेपाली कांग्रेस नुवाकोटका सचिव लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
यसैवीच, नेपाली कांग्रस नुवाकोटले नयाँ सदस्यता र नविकरण वापत प्रप्त शुल्क मध्ये बीस प्रतिशत गाउँ/नगर र क्षेत्रिय समितिले राखी बाँकी ९ लाख १५ हजार ५ सय दश रुपैया केन्द्रिय समितिमा बुझाएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।