नेता भण्डारीको निधन
2010-07-13 11:43:56
नेपाली कांग्रेस नुवाकोटका योद्धा एवं नेता बद्रिराम भण्डारीको ८७ वर्षको उमेरमा सोमवार विहान निधन भएको छ ।
कांग्रेस नुवाकोटका संस्थापक सभापति समेत रहेका भण्डारी दम, तथा कलेजोको क्यान्सर रोगवाट लामो समयदेखि पीडित रहेका थिए। उहाँ को काठमाण्डौं स्थीत आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
नेपाली कांग्रेसका २००७ सालको अन्दोलनका योद्धा समेत रहेका भण्डारी कांग्रेस हुन् । लगातार ५ पटक २१ वर्षम्म जिल्ला सभापति वनेका नेता भण्डारीले पञ्चायतको विरोध गरेको आरोपमा र्सवश्वहरण सहित १२ वर्षकैद जीवन भोगेका थिए ।
नुवाकोटको रालुकादेवी गाविसमा वसोवास गर्दै आएका स्व। नेता भण्डारीको १ श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
यसैवीच नेपाली कांग्रेस नुवाकोटले विज्ञप्ती प्रकाशित गरि भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस नुवाकोटका सभापति धु्रप अधिकारीले जारी गर्नु भएको विज्ञप्तीमा भण्डारीको निधनवाट नेपाली नेपाली कांग्रेस नुवाकोटले एउटा कुशल अभिभावक गुमाएको उल्लेख गर्दै उनको निधन प्रति शोक व्यक्त गरेको छ ।