उपचार केन्द्रलाई निःशुल्क रेप्रिmजेरेटर
2010-07-13 11:43:27
देवचन्द्र भट्ट
कोलोनी, नुवाकोटको कोलोनीमा सञ्चालित दन्त उपचार केन्द्रलाई एक सहयोगी संस्थाले आवश्यक औषधि र उपकरण भण्डारणका लागि निःशुल्क रेप्रिmजेरेटर प्रदान गरेको छ ।
विदुर नगरपालिका वडा नं. ९ कोलोनीमा लायन्स क्लब अफ नुवाकोट त्रिशूलीद्वारा सञ्चालित दन्त उपचार केन्द्रलाई असहाय, जेहेन्दार तथा जनजातिका शिक्षा नामक संस्थाले शनिवार एक थान रेप्रिmजेरेटर निःशुल्क प्रदान गरेको हो ।
कोलोनीमा आयोजित कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष बाबुराम शर्मा अधिकारीले लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका अध्यक्ष विनयप्रसाद लामिछानेलाई एकसय ७० लिटर क्षमताको रेप्रिmजेरेटर हस्तान्तरण गर्नँभएको हो । रेप्रिmजेरेटर प्राप्त भएपछि दन्त उपचार केन्द्रमा आवश्यक औषधि तथा उपकरण भण्डार गरी राख्न सुविधा पुगेको अध्यक्ष लामिछानेले वताउनुभयो ।
कार्यक्रममा असहाय, जेहेन्दार तथा जनजातिका शिक्षा नामक संस्थाका अध्यक्ष बाबुराम शर्मा अधिकारी, सचिव नवराज अधिकारीले विगत ६ वर्षअघि एकलाख रुपियाँको व्यक्तिगत नगद अक्षयकोष स्वरुप राखी सुरु गरिएको संस्थाले हालसम्म दर्ुइसय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नँका साथै पाँच विद्यालयलाई नौ थान कम्प्यूटर निःशुल्क प्रदान गरिसकिएको वताउनुभयो ।