जनसंख्या वृद्धि नियन्त्रणका लागी लोकदोहोरी गीत प्रतियोगिता
2010-07-13 19:51:30
विदुर, बढ्दै गएको जनसख्या वृद्धिदर नियन्त्रणका लागी स्वास्थ्य कार्यालय नुवाकोटले नौलो अभियान संचालन गरेको छ ।
जिल्लावासी माझ लोक दोहोरी गीत प्रतियोगिता गर्राई स्वास्थ्य कार्यालयले जनसख्या वृद्धिदर नियन्त्रण गर्न जागरण मूलक कार्यक्रम संचालन गरेको हो ।
तथ्याङक हो विकासको मूल आधार, भरपर्दो तथ्याङक सवैको सरोकार" भन्ने मूल नाराका साथ आयोजित लोकदोहोरी गीत प्रतियोगीतामा नुवाकोटका विभिन्न पाच समूहवीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा अन्तरपार्टर्ीीहिला सञ्जालको समूहले सवैभन्दा वढी दर्ुइ सय नौ अंक प्राप्त गरि प्रथम हुनुका साथै नगद तीन हजार रुपिया समेत प्राप्त गरेको छ ।
प्रजनन्दर नियन्त्रण गरि जनसख्या वृद्धिदर न्यूनिकरण गर्ने उदेश्यले स्वास्थ्य कार्यालयले स्वास्थ्य जागारण र जनसख्या वृद्धिदरका सम्वन्धमा सन्देश व्यक्त गरिएको लोकगीत प्रतियोगितामा वाघभैरव महिला समूहले द्धितिय भइ नगद दर्ुइ हजार र शुभतारा समूहले तृतिय भई नगद एक हजार रुपिया प्राप्त गरेको छ । विदुरमा आइतवार आयोजित कार्यक्रममा स्थानिय विकास अधिकारी दामोदर भण्डारीले विजेता तथा उपविजेता समूहलाई पुरस्कृत गर्नुभयो ।