ऐतिहासिक साँघु बजार विस्थापनको चपेटामा
2010-07-16 16:18:01
बढ्दो शहरीकरण सँगै नुवाकोटको धार्मिक तथा ऐतिहासिक साँघुबजार विस्थापनको चपेटामा परेको छ । ठाउँठाउँमा सडक मार्ग निर्माणको विकाससँगै नुवाकोटको ऐतिहासिक साँघुबजार ओझेलमा परेको हो ।
विदुर नगरपालिका वडा नं. १० र ११ मा फैलिएको साँघुबजारमा हाल तीनसय ५० घर रहेका छन् । नुवाकोटको पहिचानको रुपमा रहेको साँघुबजार राणा प्रधानमन्त्री जंगबहादुरले स्थापना गर्न लगाएको बुढापाकाहरुको भनाई छ ।
साँघुबजारमा सदियौंदेखि नेवार समुदायको बसोबास रहेको छ भने पहिले देखि नै नेवारहरु साँघुबजारमा व्यापार व्यवसाय गर्दै आएका थिए । साँघुबजार प्रसिद्ध त्रिशूली नदीको किनारामा अवस्थित छ ।
यातायात मार्गको निर्माण हुनु अगाडि काठमाडौंबाट पैदल हिँडेर र्सवसाधारण नुवाकोटको साँघुबजार हुँदै सामरी भन्ज्याङ, धादिङ, गोरखा, लमजुङ, पोखरा, स्याङजा हुँदै पाल्पा समेत जाने बाटो हो । हाल विशेषगरी पृथ्वी राजमार्गको निर्माणपछि उक्त पैदल मार्ग विस्थापनको चपेटामा परेको छ । काठमाडौं प्रवेशको लागि पश्चिमबाट साँघुबजार र पर्ूवबाट सुन्दरीजल नाका मात्र रहेकोमा हाल आएर व्यापार व्यवसायमा समेत मन्दी आएको स्थानीय व्यापारीहरु वताउँछन् ।
राणा प्रधानमन्त्री जंगबहादुर घोडा चढेर लमजुङ जाने क्रममा पहिले सात घर मात्र रहेकोमा आफू र्फकेर आउँदा जति घर थपिन्छन्, बनेका घरहरुको जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकोमा जंगबहादुर र्फकेर आउँदा १३ घर थपिएकोमा हाल साँघुबजारमा साँढे तीनसय घर लहरै निर्माण भएको स्थानीय बृद्ध बुद्धरत्न बज्राचार्य वताउँछन् ।
नुवाकोटको पहिचान र चिनारीको रुपमा रहेको हाल त्रिशूलीबजारको नामले चिनिने साँघुबजारमा २०३० साल अगाडिसम्म दैनिक रुपमा निकै राम्रो व्यापार भएको सम्झदै बृद्ध बज्रचार्य साँघुबजारको विकास विस्तारको लागि सम्वन्धित निकायले छिटोभन्दा छिटो वस्ती विकास कार्य गरिनर्ुपर्ने स्थानीय बुद्धिजिवी दिव्यराज शाक्य वताउनुहुन्छ ।